२०८३ साउन ९ शनिबार

महालक्ष्मी विकास बैंंकको २०औं वार्षिक साधारण सभा पुस २५ गते हुने, २१.०५२६ प्रतिशतको लाभांश प्रदान गर्ने

ई आर्थिक    मंगलबार, पौस ६ २०७८
5.4K
Shares
महालक्ष्मी विकास बैंंकको २०औं वार्षिक साधारण सभा पुस २५ गते हुने, २१.०५२६ प्रतिशतको लाभांश प्रदान गर्ने

ई–आर्थिक, काठमाडौं । ‘सबल बैंंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा २७ वर्ष देखि अनवरतरूपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्र्दै आएको यस महालक्ष्मी विकास बैंककोे मिति २०७८/०९/०२ (तद्अनुसार १७ डिसेम्बर, २०२१) गते बसेको सञ्चालक समितिको ५०६ औ बैठकको निर्णयानुसार यस विकास बैंंककोे २०औं वार्षिक साधारणसभा २०७८ साल पौष महिना २५ गते आईतवार (तदअनुसार ९ जनवरी, २०२२) विहान ११ बजे आर्मी अफिसर्स क्लब, भद्रकाली, टुंडिखेल, काठमाडौमा हुने भएको छ ।

वार्षिक साधारण सभामा संचालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७७÷७८ को सञ्चित मुनाफा रकमबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले बोनस सेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश गरी कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारितका लागि पेश गरिने बैंकले जानकारी दिएको छ ।

आर्थिक वर्ष २०७७/७८ मा यस विकास बैंकले विभिन्न वित्तीय सूचाकंहरुमा ठूलो फड्को मारी आदरणीय शेयरधनी महानुभावहरुलाई २१.०५२६ प्रतिशतको ऐतिहासिक लाभांश दिने भएको छ । आर्थिक वर्ष २०७६÷७७ को तुलनामा यस बैंकको कर्जा प्रवाह १६ प्रतिशत तथा निक्षेप संकलन ६ प्रतिशतले बढेको छ ।

बैंकको खुद नाफा आर्थिक वर्ष २०७६÷७७ को तुलनामा ६३.५७ प्रतिशत र वितरणयोग्य नाफा १४५ प्रतिशतले बढेकै कारण २१.०५२६ प्रतिशतको लाभांश सम्भव भएको कुरा बैंकले जनाएको छ ।

विकास बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलीकृत तवरले प्रदान गर्दै आइरहेको छ । बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले भिसा ईएमभी चिप वेस्ड ट्राभल कार्ड, ई–कमर्स कार्ड र डलर कार्ड जारी गरिसकेको छ । महालक्ष्मी समग्रमा भिसा ईएमभी चिप वेस्ड ट्राभल कार्ड, ई–कमर्स कार्ड र डलर कार्ड जारी गर्ने अग्रणी तथा एक मात्र विकास बैंक रहेको बैंकको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij