२०८३ साउन ९ शनिबार

महालक्ष्मी विकास बैंंकको स्थगित २०औं वार्षिक साधारणसभा सम्पन्न, २१.०५२६ प्रतिशतको लाभांश पारित

ई आर्थिक    शनिबार, फाल्गुन १४ २०७८
3.6K
Shares
महालक्ष्मी विकास बैंंकको स्थगित २०औं वार्षिक साधारणसभा सम्पन्न, २१.०५२६ प्रतिशतको लाभांश पारित

बैंकको अध्यक्षमा पुनः उपाध्यायलाई नै चयन

ई–आर्थिक, काठमाडौं । ‘सबल बैंक, सफल सहकार्य’को भिजनलाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा २७ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंककोे स्थगित बीसौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा नेपाल प्रज्ञा प्रतिष्ठन, कमलादी, काठमाडौमा सम्पन्न भएको हो ।

साधारणसभामा आ.व. २०७७/७८ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरिएको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७८ आषाढ मसान्तको एनएफआरएस बमोजिम तयार गरिएको वासलात, आ.व. २०७७/७८ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत भएको छ ।

यसै गरी वार्षिक साधारण सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफा रकमबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले बोनस सेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश गरी कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।

सभाका अध्यक्ष उपाध्यायले शेयरधनी महानुभावहरुहरुबाट प्राप्त सल्लाह सुझावलाई शिरोधार्य गर्दै बैंकले आगामी दिनमा थप प्रगति हाँसिल गर्ने कुरा बताउनुभयो ।

साथै शेयरधनी तथा बैंकसँग सम्बन्धित सम्पूर्ण सरोकार पक्षहरुले पुर्याउन भएको सहयोगको लागि धन्यवाद प्रकट गर्दै यस्तै सहयोग तथा सदाशयता निरन्तर प्राप्त हुने आशा प्रकट गर्नु भयो ।

स्थगित २०औं वार्षिक साधारण सभाबाट संस्थापक समुह (क) बाट राजेश उपाध्याय, संजय गिरी र दिपककुमार रौनीयार र सर्बसाधारण समुह (ख) बाट श्याम सुन्दर रूङ्गटा, राहुल अग्रवाल र दिपेन्द्र पौडेल सञ्चालक पदमा निर्वाचित हुनुभएको छ ।

साथै सभाको दिन बसेको बैंक सञ्चालक समितिको ५१८औं बैठकले राजेश उपाध्यायलाई नै बैंकको अध्यक्ष पदमा सर्वसम्मत रुपमा पुनः चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij