२०८३ साउन ९ शनिबार

विधान संशोधन समितिकातर्फबाट महासंघको विधानको सातौं संशोधनको मस्यौदा पेश

ई आर्थिक    बिहिबार, पौस १ २०७८
8.6K
Shares
विधान संशोधन समितिकातर्फबाट महासंघको विधानको सातौं संशोधनको मस्यौदा पेश

ई–आर्थिक, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभाबाट निर्वाचित कार्यकारिणी समितिको पहिलो बैठकबाट गठित विधान संशोधन समितिकातर्फबाट आज एक कार्यक्रमका बीच महासंघका अध्यक्ष शेखर गोल्छा समक्ष महासघको विद्यमान विधान संशोधनको मस्यौदा पेश गरिएको छ ।

महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशीको सभापतित्वमा समिति गठन गरिएको थियो । विधान संशोधन समितिका सभापति एवं पूर्व अध्यक्ष जोशीले समितिका तर्फबाट तयार गरिएको विधानको संशोधन मस्यौदा पेश गर्नु भएको हो । समितिले यस बीचमा ११ महिना लामो गृहकार्य गरी विधानको मस्यौदा तयार पारेको थियो ।

कार्यक्रममा सभापति जोशी र समितिका सह–सभापति एवं महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष पशुपति मुरारकाले विधानमा समेटिएका प्रावधानका वारेमा जानकारी गराउनुु भएको थियो भने महासंघका अध्यक्ष गोल्छाले स्वागत र वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले धन्यवाद मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा समितिका सदस्यहरू क्रमशः पूर्व उपाध्यक्ष किशोर कुमार प्रधान, कार्यकारिणी समिति सदस्य डि.वि. बस्नेत, पूर्व कार्यकारिणी समिति सदस्यहरू अशोककुमार तोदी, सुनिल गोपाल श्रेष्ठ, सुनसरी उवासंघका पूर्व अध्यक्ष सरोज श्रेष्ठ, समितिका कानून विज्ञ डा. रूद्र शर्माको उपस्थिति थियो । मस्यौदा हस्तान्तरण कार्यक्रममा महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, कोषाध्यक्ष सुुकुुन्तलाल हिराचनको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij