२०८३ साउन ९ शनिबार

के.एल. दुगड समूह अन्तरगतको स्वस्तिक आयल इण्डष्ट्रिजलाई उत्कृष्ट निर्यात कम्पनीको रुपमा सम्मान

ई आर्थिक    शुक्रबार, मंसिर १७ २०७८
4K
Shares
के.एल. दुगड समूह अन्तरगतको स्वस्तिक आयल इण्डष्ट्रिजलाई उत्कृष्ट निर्यात कम्पनीको रुपमा सम्मान

ई–आर्थिक, काठमाडौं : के.एल. दुगड समूह अन्तरगतको स्वस्तिक आयल इण्डष्ट्रिज प्रालिलाई आर्थिक वर्ष २०७७/७८ मा मोरङ सुनसरी औद्योगिक कोरिडोरबाट सर्वाधिक निर्यात गरी मुलुकको व्यापार घाटा न्युनीकरण एवम् अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याइ उत्कृष्ट निर्यातकर्ता भएकोमा मोरङ व्यापार संघले सम्मान गरेको छ ।

संघले उक्त सम्मान आफ्नो ६५ औँ वार्षिक साधारण सभाको समुदघाटन समारोहको अवसरमा सम्मानीय अर्थमन्त्री जनार्दन शर्माबाट स्वस्तिक आयल इण्डष्ट्रिजका संचालक विकास दुगडलाई प्रदान गरेको हो ।

स्वस्तिक आयल इण्डष्ट्रिजले स्वस्तिक सोयाबिन तेल, धारा हेल्थ सनफ्लावार तेल, सनफ्लो सनफ्लावार तेल जस्ता गुणस्तरीय तथा लोकप्रिय तेलहरु उत्पादन गरी बिक्री–वितरण गर्दै आईरहेको उद्योगले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij