२०८३ साउन ९ शनिबार

सेबोनको अध्यक्ष सिफारिस समिति पुनः गठन गरिँदै

ई आर्थिक    बिहिबार, मंसिर ९ २०७८
6.5K
Shares
सेबोनको अध्यक्ष सिफारिस समिति पुनः गठन गरिँदै

काठमाडौँ : नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष सिफारिस समिति पुनः गठन हुने भएको छ । यसअघि अर्थ मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट सिफारिस समिति बनाएको थियो । त्यसलाई रोक्दै मन्त्रिपरिषद्बाटै निर्णय गरी पुन समिति गठन गर्न लागिएको स्रोतले बतायो । धितोपत्र ऐनको दफा ७ मा सेबोनको अध्यक्ष छनोटका लागि मन्त्रिपरिषद्बाटै निर्णय गरी सिफारिस समिति गठन गर्नुपर्ने प्रावधान छ ।

अर्थ मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट योजना आयोगका उपाध्यक्ष विश्व पौडेलको संयोजकत्वमा सिफारिस समिति गठन गरिसकेको छ । समितिमा अर्थसचिव मधुकुमार मरासिनी र नारायण पौडेल सदस्य छन् । समितिले अध्यक्षका लागि सिलबन्दी आह्वान गरी आवेदन संकलन गरिसकेको थियो । १२ जना प्रत्याशीले आवेदन दिएका छन् ।

तर अहिले यी सबै प्रक्रिया रोकेर पुनः सिफारिस समिति गठन गर्न लागिएको हो । सम्भवतः अब बस्ने मन्त्रिपरिषद् बैठकबाटै सिफारिस समिति गठनबारे निर्णय हुने बताइएको छ । ‘आजका मितिसम्म पौडेल संयोजक रहेको सिफारिस समितिलाई नै मन्त्रिपरिषद्ले मान्यता दिने र प्राप्त आवेदनबाटै अध्यक्ष सिफारिस गर्ने योजना छ,’ स्रोतको दाबी छ । सोही समितिले हालसम्म प्रत्याशीको आवेदनमाथि अध्ययन गरी अध्यक्ष छनोट प्रक्रिया अघि बढाइने स्रोतको दाबी छ ।

अध्यक्षका लागि धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरी, उपकार्यकारी निर्देशक नवराज अधिकारी, राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक गोपाल भट्ट, कर्मचारी सञ्चय कोषका पूर्वप्रशासक कृष्णप्रसाद आचार्य, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का पूर्वप्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया र बिमा समितिका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईंको आवेदन परेको छ । बाँकी आवेदकमा अनिल पौडेल, केशवप्रसाद श्रेष्ठ, जीवन अम्गाईं, रमेश हमाल, अम्बिका शर्मा लामिछाने र हेमन्त बस्याल छन् ।

सेबोन अध्यक्षबाट भिष्म ढुंगाना बर्खास्त भएपछि यो पद खाली छ । सर्वोत्तम सिमेन्टको भित्री सेयर कारोबारमा संलग्न भएको भेटिएपछि ढुंगानालाई सरकारले गत असोज १९ मा बर्खास्त गरेको थियो । धितोपत्र ऐन २०६३ मा अध्यक्षका लागि उच्च नैतिक चरित्र भएको नेपाली नागरिक हुनुपर्ने, धितोपत्र बजार व्यवस्थापन, पुँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा ७ वर्षको पेसागत अनुभव हासिल गरेको हुनुपर्ने प्रावधान रहेको समाचार आजको कान्तिपुरले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij