२०८३ साउन ९ शनिबार

नागरिक लगानी कोषद्वारा एक करोड ६८ लाख कोभिड मुत्यु भुक्तानी

ई आर्थिक    बुधबार, मंसिर ८ २०७८
2.7K
Shares
नागरिक लगानी कोषद्वारा एक करोड ६८ लाख कोभिड मुत्यु भुक्तानी

ई–आर्थिक, काठमाडौं । नागरिक लगानी कोषले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस, कोभिड–१९ को प्रकोपबाट मृत्यु भएका सहभागीका हकवालालाई एक करोड ६८ लाख रुपैँया भुक्तानी गरेको छ ।

कोभिड–१९ को सुरुवात देखि नै कोभिडबाट मृत्यु हुनेहरुका आश्रित परिवारलाई राहत पु¥याउने उद्देश्यले मृत्यु हुनेका हकवालालाई जनही २ लाख रुपैया उपलब्ध गराउने कोषले निर्णय गरेको थियो । सोही क्रममा कोषले २०७८ साउन ५ सम्म कोभिडबाट मृत्यु हुनेहरुलाई उक्त रकम उपलब्ध गराउदै आइरहेको छ ।

कोषले हालसम्म कोभिडबाट मुत्यु भएकाहरुका ८४ जना सहभागीका कानुन अनुसारका हकवालालाई कर्मचारी वचत बृद्धि स्वीकृत अवकाश कोषबाट सो रकम प्रदान गरेको हो ।

उक्त शाखाका बरिष्ठ अधिकृत तारानाथ भट्टराई र अधिकृत पुरुषोत्तम भट्टराईले कोभिडबाट मृत्यु भएका कोषका सहभागी बुटवल निवासी कन्हैया थारुको श्रीमती पार्वती थारुलाई २ लाख रुपैयाँको चेक हस्तारण गर्नुभयो । चेक प्राप्त गरेपछि थारुले कोषबाट प्राप्त उक्त रकमले आफुलाई राहत पुगेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij