२०८३ साउन २३ शनिबार

नागरिक लगानी कोषका अध्यक्ष प्रा. डा. भट्टराई र संचालक साउदको बिदाई

ई आर्थिक    सोमबार, मंसिर ६ २०७८
2.7K
Shares
नागरिक लगानी कोषका अध्यक्ष प्रा. डा. भट्टराई र संचालक साउदको बिदाई

ई–आर्थिक, काठमाडौं । नागरिक लगानी कोषका अध्यक्ष प्रा.डा. रामचन्द्र भट्टराई र कोष संचालक चन्द्रसिंह साउदलाई कोषले बिदाई गरेको छ । कोषका अध्यक्ष डा.भट्टराईलाई २०७५ असोज २१ मा मन्त्रिपरिषदले मनोनयन गरेको थियो । उमेर हदको कारण अर्थमन्त्रालयको कात्र्तिक २८ को पत्र अनुसार डा. भट्टराईको पदावधि समाप्त भएको हो ।

बिदाई कार्यक्रममा डा. भट्टराईले बोर्ड र कार्यकारी निर्देशक वीचको लिंकेजलाई निरन्तरता दिनु पर्ने बताउदै आफुले ३७ महिनाको कार्यकालमा धेरै नै बिषयहरु सिक्न पाएको बताउनुभयो ।

त्यसैगरी संचालक साउदले आफनो कार्यकालमा गर्नुभएको सहयोगको लागि सबै संचालकहरुलाई धन्यबाद दिनुभयो । कार्यक्रममा कोषका कार्यकारी निर्देशक रमण नेपालले कोष अध्यक्ष र संचालकले पु¥याउनु भएको सहयोगको सरहना गर्नुभयो । उहाँले संस्थाको कार्यलाई विधिसम्वद तरीकाले अघि बढाउदै लाने प्रतिवद्धता ब्यक्त गनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij