२०८३ साउन २३ शनिबार

नबिल बैंकको आकर्षक नबिल एक्स्ट्रा फिक्स्ड डिपोजिट योजना, खाता खोलि ढुक्क हुने मौका

ई आर्थिक    शनिबार, मंसिर ४ २०७८
2.4K
Shares
नबिल बैंकको आकर्षक नबिल एक्स्ट्रा फिक्स्ड डिपोजिट योजना, खाता खोलि ढुक्क हुने मौका

ई–आर्थिक, काठमाडौं । ग्राहकहरुको माग र हितलाई मध्यनजर गर्दै समयसान्दर्भिक सेवा प्रदान गर्दै आएको नबिल बैंकले आफ्ना ग्राहकहरुको थप आवश्यकता पूरा गर्न ‘नबिल एक्स्ट्रा फिक्स्ड डिपोजिट योजना सञ्चालनमा ल्याएको छ ।

यो खाता मासिक रुपमा नियमित निश्चित आय आर्जन गर्न चाहने ग्राहकहरुलार्ई लक्षित गरी संचालनमा ल्याएको बैंकले जनाएको छ ।

नबिल एक्स्ट्रा फिक्स्ड डिपोजिट योजना ग्राहक महानुभावको माँझ सहज तथा सरल बैंकिङ्गको अनुभुति गराउने उद्देश्यले व्यक्तिगत र संस्थागत दुवै निक्षेपकर्तालाई लक्षित गरी मासिक आधारमा ब्याज दिने सुविधा सम्पन्न मुद्दति खाता भएको बैंकको भनाई छ ।

यस योजनामा हरेक नेपाली महिनाको अन्तिममा र खाता अवधिको परिपक्वतामा ब्याज भुक्तानी हुनेछ । यसका साथै ग्राहकहरुलाई कुनै पनि न्यूनतम रकमको सिमा तोकिएको छैन र यस योजना अन्तर्गत तिन महिना वा बढी अवधिका लागि ग्राहकहरुले खाता खोलि यसको लाभ लिई ढुक्क हुन बैंकले भनेको छ ।

सन् १९८४ मा स्थापित यस बैंकले हाल १३५ शाखा, १८८ एटिएम र १,५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु मार्फत आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको छ । बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ । यस बैंक ग्राहकवर्गको उच्च सन्तुष्टी एवम आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्ने तर्फ केन्द्रित रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij