२०८३ साउन १४ बिहिबार

सिभिल बैंकको अध्यक्षमा प्रतापजङ्ग पाण्डे

ई आर्थिक    बिहिबार, मंसिर २ २०७८
2.6K
Shares
सिभिल बैंकको अध्यक्षमा प्रतापजङ्ग पाण्डे

ई–आर्थिक, काठमाडौं । सिभिल बैंक लिमिटेडको मिति २०७८ साल मंसिर १ गते बसेको संचालक समितिको ३६२ औं बैठकले संचालक प्रताप जङ्ग पाण्डेलाई संचालक समितिको अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको छ ।

बैंक अध्यक्ष चयन भए पश्चात प्रताप जङ्ग पाण्डले सर्वसम्मत रुपमा बैंकको अध्यक्ष पदमा चयन गरी थप जिम्मेवारी प्रदान गर्नुभएकोमा सबै संचालकहरुलाई धन्यवाद दिनुभयो । सो पश्चात संचालकहरुले समितिको अध्यक्ष चयन हुनुभएकोमा प्रताप जङ्ग पाण्डेलाई बधाई तथा शुभकामना व्यक्त गर्दै उहाँको नेतृत्वमा बैंकलाई थप उचाईमा पु¥याउनको लागि थप मद्दत मिल्नेमा जोड दिंदै सबै संचालकहरुको साथ–सहयोग रहने धारणा व्यक्त गर्नुभयो ।

अध्यक्ष प्रताप जङ्ग पाण्डले बैंकलाई थप प्रभावकारी रुपमा अगाडि बढाउन सबै पक्षको सहयोगको अपेक्षा गर्दै बैंकको उच्च व्यवस्थापन तथा समग्र कर्मचारीहरुलाई उच्च मनोवलका साथ कार्य गरी बैंकलाई थप सबल र समृद्घ बनाउने तर्फ विशेष रुपमा अगाडि बढाई शेयर होल्डर लगायत समग्र पक्षको भावना अनुरुप अगाडि बढ्ने प्रतिवद्घताका साथै ग्राहकवर्गलाई नवीनतम सेवा तथा सुविधाहरु प्रदान गर्ने तर्फ बैंकको प्राथमिकता रहनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij