काठमाडौं। सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेललाई नियुक्त गरेको छ।
नियुक्तिपछि डा. प्याकुरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा उहाँले पद तथा गोपनीयताको शपथ लिनुभएको हो।
नवनियुक्त अध्यक्ष डा. प्याकुरेलले स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउँदै सेवाको पहुँच विस्तार गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ।
सरकारले स्वास्थ्य बीमा प्रणालीको प्रभावकारी कार्यान्वयन, सेवा प्रवाहमा सुधार तथा संस्थागत सुदृढीकरण गर्ने उद्देश्यका साथ डा. प्याकुरेललाई बोर्डको अध्यक्षमा नियुक्त गरेको जनाएको छ।
