२०८३ साउन १२ मंगलबार

अरबपति एलन मस्कले कर तिर्न टेस्लाको १० प्रतिशत हिस्सेदारी बेच्नुपर्ने

ई आर्थिक    सोमबार, कार्तिक २२ २०७८
2.9K
Shares
अरबपति एलन मस्कले कर तिर्न टेस्लाको १० प्रतिशत हिस्सेदारी बेच्नुपर्ने

ई–आर्थिक, काठमाडौं । ट्वीटरमा टेस्ला कम्पनीका सीईओ एलन मस्कले गरेको मत सर्वेक्षणअनुसार उनले आफ्नो १० प्रतिशत हिस्सेदारी बेच्नुपर्ने देखिएको छ । मस्कले कर प्रयोजनको लागि आफ्नो हिस्सेदारी बेच्नुपर्ने सर्वेक्षणले देखाएको हो ।

शनिबार मस्कले ट्वीटरमा गरेको मत सर्वेक्षणमा ३५ लाख बढी ट्वीटर प्रयोगकर्ताले भाग लिएका थिए । सर्वेक्षणमा ५७.९ प्रतिशतले हिस्सेदारी बेच्नुपर्ने पक्षमा मत दिएका छन् भने ४२.१ प्रतिशतले हुन्न भन्ने मत दिएका छन् ।

मत सर्वेक्षणको परिणामअनुसार मस्कले करिब २१ बिलियन डलर बराबरको शेयर बेच्नुपर्ने हुन्छ । अमेरिकी डेमोक्राट्सले प्रस्ताव गरेको ‘अरबपति कर’मा मस्कले सहमति तथा प्रतिवद्धता जनाएका छन् ।

यद्यपि उनले आफ्नो हिस्सेदारी कहिले बेच्ने भनेर सार्वजनिक रूपमा नबताएको समाचार बीबीसीले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij