ई–आर्थिक, काठमाडौँ : सानिमा बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा हाइड्रो विज्ञ तुकप्रसाद पौडेल नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिको बैठकले उनलाई अध्यक्ष पदमा चयन गरेको हो ।
बैंकको नवनियुक्त अध्यक्ष पौडेलले नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारीसमक्ष आफ्नो ओहोदाको सपथ ग्रहण गरेका छन् । पौडेल यसअघि पनि बैंकको संस्थापक समूहको तर्फबाट विगत ८ वर्षदेखि निरन्तर रुपमा सञ्चालक रही कार्य गरिसकेका छन् ।
नर्वेबाट हाइड्रोपावर डेभलोपमेन्टमा स्नातकोत्तर गरेका पौडेल पेशाले हाइड्रोपावर र हाइड्रोलिक इञ्जिनियर हुन्। त्यस्तै देशभित्र हाइड्रोविज्ञका रुपमा उनी परिचित छन्। विगत २४ वर्षको पेशागत अनुभव संगालेका पौडेलले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा उच्चस्तरको तालिममा सहभागी भइसकेका छन्।