२०८३ साउन २० बुधबार

सामलिङ्ग पावरको आईपीओ ६७ हजार ८ सय जनालाई, २२ लाख आवेदकको हात खाली

ई आर्थिक    मंगलबार, कार्तिक १६ २०७८
3.1K
Shares
सामलिङ्ग पावरको आईपीओ ६७ हजार ८ सय जनालाई, २२ लाख आवेदकको हात खाली

ई–आर्थिक, काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले सर्वसाधारणको लागि निष्कासन गरेको साधारण शेयर आज बाँडफाँड भएको छ । कम्पनीको शेयरमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट न्यूनतम १० कित्ताको दरले शेयर वितरण गरिएको थियो । जसअनुसार न्युनतम १० कित्ताको दरले शेयर वितरण गर्दा ६७ हजार ८९० आवेदकले मात्रै शेयर पाएका छन् ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका अनुसार कम्पनीको शेयरमा २२ लाख ६५ हजार ६९८ आवेदकबाट २ अर्ब ६९ करोड ३३ लाख ५० हजार रुपैयाँ

बराबरको २ करोड ६९ लाख ३३ हजार ५०० कित्ता शेयरको लागि आवेदन परेको थियो । यो सर्वसाधारणलाई छुट्याएको ६ लाख ७८ हजार ९०० कित्ताको ३९.६७ गुणा बढी हो । कम्पनीले कुल ७ करोड ३० लाख रुपैयाँ बराबरको ७ लाख ३० हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।

त्यसमध्ये २ प्रतिशत अर्थात १४ हजार ६०० कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ६ लाख ७८ हजार ९०० कित्ता मात्रै सर्वसाधारणको लागि वितरण भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij