२०८३ साउन २३ शनिबार

एन आई सी एशिया बैंकको स्वतन्त्र संचालकमा बिजया स्वार नियुक्त

ई आर्थिक    बिहिबार, कार्तिक ११ २०७८
2.1K
Shares
एन आई सी एशिया बैंकको स्वतन्त्र संचालकमा बिजया स्वार नियुक्त

ई–आर्थिक, काठमाडौं । नेपालका विभिन्न बैंक तथा वित्तीय क्षेत्रहरूमा ३० वर्ष भन्दा बढि अवधीको कार्यअनुभव संगाल्नुभएकी श्रीमती बिजया स्वार एन आई सी एशिया बैंकको स्वतन्त्र सञ्चालकको रुपमा नियुक्त भएकी छन् । बैंकको सञ्चालक समितिको मिति २०७८/०७/१० मा बसेको बैंठकले उनलाई उक्त पदमा नियुक्ती गरेको हो ।

नवनियुक्त सञ्चालक श्रीमती बिजया स्वारले बैंकका सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालबाट पद तथा गोपनियताको सपथ ग्रहण समेत लिइसकेको बैंकले जानकारी दिएको छ ।

फिलिपिन्सको एशियन इन्स्टिच्युट अफ म्यानेजमेन्टबाट स्नातकोत्तरसम्म अध्ययन गरेकी उनी कृषि विकास बैंकमा सन् १९८६ मा शाखा अधिकृतबाट बैंकिङ्ग सेवा सुरु गरेरसन् २०१६ मा नायब महाप्रबन्धक पदबाट अवकाश लिएकी थिइन् ।

बैंकको स्वतन्त्र सञ्चालकको रुपमा नियुक्त भएको अवसरमा श्रीमती बिजया स्वारलाई बैंकले सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij