२०८३ साउन ९ शनिबार

नयाँ बानेश्वर नजिक सडकखण्डमा आज परेको खाल्डो सडक विभागले पु¥यो

ई आर्थिक    सोमबार, कार्तिक ८ २०७८
4K
Shares
नयाँ बानेश्वर नजिक सडकखण्डमा आज परेको खाल्डो सडक विभागले पु¥यो

ई–आर्थिक, काठमाडौंं । काठमाडौंको नयाँ बानेश्वर नजिक सडकखण्डमा आज परेको खाल्डो सडक विभागले पुरिदिएको छ । सडकमा एक्कासी भएको खाल्डोले केहीबेर यातायात अवरुद्ध भएपनि अहिले सुचारु भएको बानेश्वर प्रहरी वृत्तका असई बिनोदनाथ उप्रतीले बताउनुभयो । उहाँका अनुसार सडक पूर्णरुपमा बन्न भने केही समय लाग्ने छ ।

‘सडक विभागले बिग्रेको बाटो बनाई दिने जानकारी दिएको छ,’ उप्रेतीले भन्नुभयो । सो खाल्डो पुर्नका लागि सडक विभागका कर्मचारी खटिएका थिए ।

शुरुमा सानो खाल्डो परेको थियो । पछि डोजर चलाउने क्रममा ठूलो भएको उहाँको भनाई थियो अहिले खाल्डो पुरेर यातायात सञ्चालनमा ल्याइएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij