२०८३ साउन १५ शुक्रबार

आईफोन १३ को प्रि–बुकिंग, के-के छन् सुविधा, कसरी गर्न सकिन्छ बुकिंग ?

ई आर्थिक    बिहिबार, कार्तिक ४ २०७८
3.7K
Shares
आईफोन १३ को प्रि–बुकिंग, के-के छन् सुविधा, कसरी गर्न सकिन्छ बुकिंग ?

ई-आर्थिक, काठमाडौं । नेपालमा एप्पलको लागी एकमात्र आधिकारिक राष्ट्रिय वितरक जेनेरेसन नेक्स्ट कम्युनिकेशन प्राइभेट लिमिटेड वा जेनएक्सटीले हालै आईफोन १३ सिरिजको लागी आफ्नो प्रि–बुकिंगको घोषणा गरेको छ । आईफोन १३ ले अमेरिकामा २४ सेप्टेम्बर २०२१ बाट आफ्नो सिपिंगको सुरूवात गर्यो र यसको वितरण नेपालमा २९ अक्टोबर २०२१ बाट सुरु हुदैछ । यो वर्ष यसको लन्च अघिल्लो वर्षको तुलनामा छिटो रहेको छ । यसको पहिलो लट सीमित स्टकका साथ प्रि–बुकिंगको माध्यमबाट उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

ग्राहकहरुले आईएमई पे एप्लिकेसनको उपयोग गरी आफ्नो नयाँ आईफोनहरुको प्रि–बुकिंग गर्न सक्नेछन् जहाँ उनीहरुले रु ३०,००० भन्दा माथिको नगदको विभिन्न अफरहरु प्राप्त गर्नेछन् जसमा थुप्रै डिस्काउन्ट कुपनहरु उनीहरुले विभिन्न स्थानबाट पाउनेछन् जसमा रोडहाउस क्याफे (१०% छुट), द एभरेस्ट होटल (१५% छुट), बिइन्ग ह्युमन नेपाल (१०% छुट), भेन्चुरिनी सुज (१०% छुट), राइट च्वाइस नेपाल (२५ % अफ ), बाइकर्स मार्ट (१०% छूट), अर्बन फुड (१५% छुट), नील डेभिडको सैलुन (१०% छुट), केज फिटनेस (२०% छुट) र अप्सन दरबारमार्गमा (५०% सम्मको छुट) रहेका छन् । यस बाहेक यसमा एक वर्षको निःशुल्क ब्रेकरेज बिमा र सम्पूर्ण लाइनअपको लागी १ बर्ष को वारेन्टी पनि उपलब्ध रहेको छ ।

उत्पादनहरुको तोकिएको मूल्य तल दिइएको छ र यो ग्रे बजारको वर्तमान मूल्यहरुको तुलनामा धेरै प्रतिस्पर्धात्मक रहेको छ र केहि मोडलहरुको लागी भारतीय आरआरपी मूल्य निर्धारणको तुलनामा अधिक उचित पनि रहेको छ । वर्तमान लाइनअप रहेको यसको बेस मोडल १२८ जीबीकोे साथ सम्पूर्ण १३ सिरिजको लागी शुरू गरीएको छ जुन आईफोन १२ लाइनअपको ६४ जीबी भन्दा धेरै राम्रो रहेको छ । नयाँ मोडेलमा मुख्य बिशेषता भनेको यसको क्यामेरा हो जसमा एक सिनेम्याटिक मोडको सुविधा पनि रहेको छ जसले यसलाई एक प्रोफेसनल भिडियो क्यामेराको रूपमा दाबी गरेको छ – जुन ४ के भिडियोहरुकोे लागी पनि निकै उपयुक्त मानिएको कम्पनीले जानकारी दिएको छ ।

यसको अर्को ठूलो बिशेषता भनेको प्रो मोडेलमा रहेको १२० हर्ट्ज प्रो मोशन डिस्प्ले हो जुन सबै ग्राहकहरुको लागि निकै नै उपयुक्त रहेको हुन्छ । आईफोनमा रहेका नचहरु साना छन् र क्यामेरा मोड्युलहरु धेरै ठूलो छन् जसले गर्दा यसलाई अहिले सम्म कै सबै भन्दा राम्रो आईफोन एप्पल बनाएको कम्पनीको भनाई छ ।

आइ–फोन १३ लाई प्रि–बुकिंग कसरी गर्न सकिन्छ ?

-आइएमई पे एप्लिकेसन डाउनलोड गर्नुहोस्
-आफ्नो विवरणहरु रेजिस्टर गर्नुहोस् र आफ्नो अकाउन्ट बनाउनुहोस्
-यसको होमपेजमा रहेको “प्रि–बुक योर आइ–फोन १३ नाउ” ब्यानरमा क्लिक गर्नुहोस्
-आफ्नो नाम, फोन नम्बर र इमेल एड्रेस इन्टर गर्नुहोस्
-तपाईको पहुँचको लागि सबैभन्दा नजिक रहेको ठाउँ अनुसार ड्रपडाउन लिस्टको सूचीबाट खुद्रा विक्रेताहरुको चयन गर्नुहोस्
( रु ९,९९९/–को प्रि–बुकिंग मूल्यलाई कन्फर्म गर्नुहोस् र आइएमई पे एपबाट पैँसा तिर्नुहोस्)

तपाईले आफ्नो आइ–फोन १३ कहिले प्राप्त गर्नुहुन्छ ?

यसको वितरण अक्टोबर २९ बाट सुरु हुनेछ तर सीमित स्टक मात्र उपलब्ध भएको कारण जसले पहिले प्रि बुकिंग गर्नु भएको थियो वहाँले नै सबैभन्दा सुरुमा आफ्नो आइ–फोन प्राप्त गर्नुहुनेछ । तपाइँले थप गरिएको फ्रिबिजको बारेमा बुझ्न ड्रपडाउन सूचीबाट छनोट गर्नु भएको खुद्रा विक्रेतालाई सम्पर्क गर्न सक्नुहुनेछ साथै आफ्नोे आईफोन प्राप्त गर्ने समयको बारे पनि जानकारी पाउन सक्नुहुनेछ ।

आइफोन १३ १२८ जीबी १३७९९०

२५६ जीबी १५४९९०
५१२ जीबी १८९९९०

आइफोन १३ मिनी १२८ जीबी १२०९९०

२५६ जीबी १३७९९०
५१२ जीबी १७१९९०

आइफोन १३ प्रो १२८ जीबी १७४९९०

२५६ जीबी १८९९९०
५१२ जीबी २२४९९०
१ टीबी २५५९९०

आइफोन १३ प्रो म्याक्स १२८ जीबी १८९९९०

२५६ जीबी २०५९९०
५१२ जीबी २३९९९०
१ टीबी २७४९९०

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij