२०८३ साउन २१ बिहिबार

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवाद सिंह पक्राउ

ई आर्थिक    बिहिबार, कार्तिक ४ २०७८
2.6K
Shares
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवाद सिंह पक्राउ

ई-आर्थिक, काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवाद रामनाथ सिंह पक्राउ परेका छन् । महोत्तरी भगाहा गाउँपालिका वडा नम्बर ३ स्थायी घर भइ भक्तपुरस्थित सूर्यविनायक नगरपालिका वडा नम्बर ८ सिपाडोल बस्ने ४५ वर्षीय सिंहलाई केन्द्रीय अनुसन्धान ब्यूरोको विशेष टोलीले काठमाडौँको कमलपोखरीबाट पक्राउ पक्राउ गरेको हो ।

आफ्नो खातामा पर्याप्त रकम नभएको जानकारी भए पश्चात पनि प्रभु बैेंक लिमिटेड शाखा कार्यालय भक्तपुरको चेक काटेर दिएको कसूरमा उनलाई प्रहरीले पक्रेको हो ।

उनललाई बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम ४ दिन कैद र ११ लाख जरिवाना हुने उच्च अदालत पाटनले फैसला गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij