२०८३ साउन २० बुधबार

गुण एयरलाइन्सद्वारा काठमाडौं-विराटनगर उडान सेवा सुरु, सुर्खेत र सिमरामा पनि चाँडै उडान थाल्ने

ई आर्थिक    आइतबार, असोज ३१ २०७८
7.1K
Shares
गुण एयरलाइन्सद्वारा काठमाडौं-विराटनगर उडान सेवा सुरु, सुर्खेत र सिमरामा पनि चाँडै उडान थाल्ने

ई-आर्थिक, काठमाडौं । निजी क्षेत्रको वायुसेवाप्रदायक कम्पनी गुण एयरलाइन्सद्वारा काठमाडौं-विराटनगर उडान सेवा सुरु गरेको छ । एयरलाइन्सले ३० सिटको जेट्स्ट्रिम जहाजद्वारा काठमाडौं-विराटनगर सेवा सुरु गरेको हो ।

एयरलाइन्सले यसअघि भरतपुर, पोखरा, तुम्लिङटार भैरहवा र नेपालगन्जमा भने नियमित उडान सुरु गरिसकेको जनाएको छ ।

गुण एयरलाइन्सले विस्तारै देशका विभिन्न शहरहरुमा उडान विस्तार गर्दै लैजाने तयारी गरेको छ । यसै क्रममा सिमरा र सुर्खेतका लागि केही दिनमै उडान भर्नेगरी तयारी गरिरहेको छ ।

गुण एयरलाइन्सले आफ्ना दुईवटा अमेरिकी बिचक्राफ्ट र थप गरिएको बेलायती पाँच वटा जेट्स्ट्रिमसहित कुल सात वटा विमानबाट उडान थालेको जानकारी दिएको छ ।

गुण एयरलाइन्स नेपालको प्रतिष्ठित व्यवसायिक घराना गुण समूहले सञ्चालन गरेको हो । यो समूहको एयरलाइन्सको अतिरिक्त वित्तीय संस्था, हाउजिंग, सिनेमा घर, सहकारी, सञ्चार गृह, सुनचाँदीलगायतका क्षेत्रमा लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij