२०८३ साउन ९ शनिबार

बुद्धभुमि नेपाल हाइड्रोको साधारण सेयर आज शुक्रबार बाँडफाँट हुदै, २० लाख ३७ हजार भन्दा धेरैले शेयर नपाउने

ई आर्थिक    शुक्रबार, असोज २२ २०७८
4K
Shares
बुद्धभुमि नेपाल हाइड्रोको साधारण सेयर आज शुक्रबार बाँडफाँट हुदै, २० लाख ३७ हजार भन्दा धेरैले शेयर नपाउने

ई–आर्थिक, काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडको सेयर आज शुक्रबार बाँडफाँट हुने भएको छ । कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म सर्वसाधारणको लागि ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो ।

कम्पनीले २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणलाई बाँडफाँट हुने भएको छ ।

कम्पनीको आइपीओमा २१ लाख ११ हजार ८१९ जना आवेदकले २ करोड ६५ लाख ३१ हजार ४० कित्ता शेयर खरिदको लागि आवेदन दिएका छन् । जुन सर्वसाधारणलाई निष्काशन गरेको ७ लाख ४४ हजार कित्ताको ३५.६६ गुणा बढी हो ।

माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ताको दरले शेयर बाँडफाँट हुनेछ । त्यस अनुसार योग्य आवेदक मध्येबाट ७४ हजार ४०० जनाले मात्रै १० कित्ता शेयर पाउने छन् ।

त्यस अनुसार कुल आवेदक मध्ये ९६ प्रतिशत अर्थात २० लाख ३७ हजार भन्दा धेरैले शेयर नपाउने भएका छन् ।

२१ लाख ११ हजार ८१९ जना आवेदकले २ करोड ६५ लाख ३१ हजार ४० कित्ता शेयर खरिदको लागि आवेदन दिएका छन् । यो सर्वसाधारणलाई निष्काशन गरेको ७ लाख ४४ हजार कित्ताको ३५.६६ गुणा बढी हो ।

कम्पनीको प्रिअलटमेन्ट सकाएरको सेयर बाँडफाँट गर्न लागेको विक्री प्रबन्धक सिभिल क्यापिटलले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij