२०८३ साउन १४ बिहिबार

बजारमा कच्चा सुनको चरम अभाव, आपूर्ति बढाउन माग गर्दै ब्यवसायी पुगे राष्ट्र बैंक

ई आर्थिक    बिहिबार, भाद्र ३१ २०७८
2.3K
Shares
बजारमा कच्चा सुनको चरम अभाव, आपूर्ति बढाउन माग गर्दै ब्यवसायी पुगे राष्ट्र बैंक

चाडवाडको समयमा दैनिक ३५ देखि ४० किलोसम्म र अन्य सामान्य समयमा दैनिक २५ देखि ३० किलो सुनको माग रहेको छ

ई–आर्थिक, काठमाडौं । बजारमा कच्चा सुनको कमी हुन थालेपछि सुनचाँदी ब्यवासयीहरुले आपूर्ति ब्यवस्था बढाउन माग गरेका छन् । नेपाल सुनचाँदी ब्यवासायी महासंघको प्रतिनिधिमण्डल नेपाल राष्ट्र बैंक पुगेर आपूर्ति बढाउन आग्रह गरेको हो ।

महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले राष्ट्र बैंकको विदेशी विनिमय विभागका कार्यकारी निर्देशक रामु पौडेल समक्ष भेटगरी सुन अभावको बारेमा जानकारी गराउनुका साथै सुनचाँदी ब्यवसायमा देखिएका अन्य बिषयवस्तुहरुको समते जानकारी गराएको हो ।

त्यसक्रममा महासंघका तर्फवाट बजारमा माग र आपूर्तिवीच चरम असन्तुलन रहेको उल्लेख गर्दै तत्काल कच्चा सुनको आपूर्ति ब्यवस्था बढाउन आगह गरिएको महासंघका अध्यक्ष माणिक रत्न शाक्यले बताउनुभयो । उहाँका अनुसार चाडवाडको समयमा दैनिक ३५ देखि ४० किलोसम्म र अन्य सामान्य समयमा दैनिक २५ देखि ३० किलो सुनको माग रहेको छ । हाल ब्यवसायीहरुले दैनिक २० किलोकादरले मात्र कच्चा सुन पाउँदै आएका छन् ।

कार्यकारी निर्देशक पौडेलसँगको भेटकाक्रममा अध्यक्ष शाक्यले सुनको सहज आपूर्ति ब्यवस्था मिलाइनु पर्ने, नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशिकामा उल्लेख भए अनुरुप क्षेत्रगत रुपमा विभिन्न नौ वटा नाकाहरुवाट कच्चा सुन वितरणको ब्यवस्था मिलाइनु पर्ने, सुनचाँदी ब्यवसायीले सवै बैंकका खाता खोल्नुपर्ने बाध्यात्मक ब्यवस्था हटाई एकल खाता प्रणालीमा जानुपर्ने माग राख्नुभयो ।

यस्तै सुन आयातमा बैंकको एकाधिकार तोडी निजी क्षेत्रलाई पनि सहभागी गराइनु पर्ने, गोल्ड एक्स्चेञ्ज स्थापनका लागि पहल गर्नुपर्ने, कोरोना प्रभावित सुनचाँदी ब्यवसायीलाई पुर्नकर्जाको ब्यवस्था मिलाइनु पर्ने, चाँदीको आयातलाई ब्यवस्थित वनाइनु पर्ने लगालयतका मागहरु प्रश्तुत गर्नुभयो । भेटका क्रममा महासंघका तर्फवाट निवर्तमान अध्यक्ष मोहन कुमार सुनार, वरिष्ठ उपाध्यक्ष अर्जुन रसाइली, उपाध्यक्ष मोहन काजी शाक्य, महासचिव धर्म शुन्दर बज्राचार्य लगायतको सहभागिता रहेको महासंघका प्रवक्ता मनोज कुमार शाहले जानकारी दिनुभयो ।

पछिल्लो समयमा दैनिक २० किलोका दरले कच्चा सुन उपलब्ध गराउने ब्यवस्था छ । यसले बजारको माग धान्न नसक्दा ब्यवसायी मर्कामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij