२०८३ साउन २० बुधबार

वायुसेवामा यात्रा गर्दा फेससिल्ड नचाहिने, वायुसेवा कम्पनीले हटाए यात्रुको फेससिल्ड

ई आर्थिक    बुधबार, भाद्र १६ २०७८
2.9K
Shares
वायुसेवामा यात्रा गर्दा फेससिल्ड नचाहिने, वायुसेवा कम्पनीले हटाए यात्रुको फेससिल्ड

ई–आर्थिक, काठमाडौं । आन्तरिक उडानका वायुसेवा कम्पनीले यात्रुलाई उपलब्ध गराउँदै आएको फेससिल्ड हटाउने भएका छन् । वायुसेवा सञ्चालक सङ्घले विज्ञप्ति जारी गर्दै सुरक्षित तवरले मास्क लगाएको खण्डमा सुरक्षित रहन सकिने विभिन्न अध्ययनले पुष्टि गरेकाले यात्रुलाई फेससिल्ड हटाइएको जनाएको हो ।

“विश्वमा अन्य कुनै वायुसेवाले फेससिल्ड अनिवार्य नगरेको र सुरक्षित तवरले मास्क लगाएको खण्डमा सुरक्षित रहन सकिन्छ भन्ने पुष्टि भइसकेको अवस्थामा वायुसेवामा फेससिल्ड हटाउने निर्णय गरिएको छ”, विज्ञप्तिमा भनिएको छ ।

नेपाली यात्रुलाई मास्कसँगै फेससिल्डको प्रयोगले असहजता सिर्जना गर्नुका साथै प्रयोगमा आइसकेका फेससिल्ड विमानस्थलमा जथाभावी फाल्दा असुरक्षित भई वातावरणीय समस्यासमेत देखिएको सङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij