२०८३ साउन २० बुधबार

नेप्सेको निमित्त सीईओमा निरन्जन फुयाल

ई आर्थिक    शनिबार, भाद्र १२ २०७८
11.4K
Shares
नेप्सेको निमित्त सीईओमा निरन्जन फुयाल

ई–आर्थिक, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरन्जन फुयाललाई नियुक्ती गरिएको छ । तत्कालिन प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले गत भदौ ८ गते राजीनामा दिएसँगै रिक्त भएपछि निमित्तको सीईओको रुपमा फुयाललाई नियुक्ती गरिएको हो ।

सर्वोत्तम सिमेन्टको शेयर खरीद प्रकरणको अनुसन्धान प्रक्रियामा सहयोग पुर्‍याउन भन्दै तत्कालिन सीईओ साउदले राजिनामा दिएका थिए ।

नेप्सेको सञ्चालक समितिले अर्को व्यवस्था नभएसम्मका लागि फुयाललाई निमित्त सीईओको जिम्मेवारी दिएको हो ।

नियमित कार्य सुचारु राख्नका निम्ति नेप्सेका उच्च तहमा रहेका फुयाललाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको नेप्सेले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij