२०८३ साउन २० बुधबार

आयोजना प्रभावित स्थानीय बासिन्दा तथा संस्थापक शेयरधनीका लागि न्यादी हाइड्रोपावरको आईपीओ

ई आर्थिक    मंगलबार, भाद्र १ २०७८
10.4K
Shares
आयोजना प्रभावित स्थानीय बासिन्दा तथा संस्थापक शेयरधनीका लागि न्यादी हाइड्रोपावरको आईपीओ

ई–आर्थिक, काठमाडौं । आयोजना प्रभावित क्षेत्र लमजुङका स्थानीय बासिन्दा तथा संस्थापक शेयरधनीका लागि न्यादी हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गरेको छ ।

सो आइपिओ छिटोमा यही भदौ १५ गतेसम्म र ढिलोमा भदौ ३० गतेसम्म बिक्री खुला हुने जनाइएको छ । कम्पनीले प्रतिशेयर १०० अङ्कित मूल्यका कूल १८ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । यसमध्ये आयोजना प्रभावित स्थानीयवासीका लागि पाँच लाख, जिल्लावासीका लागि १० लाख र बाँकी तीन लाख कित्ता शेयर कम्पनीले आफ्ना संस्थापक शेयरधनी बुटवल पावर कम्पनी र लमजुङ विद्युत् विकास कम्पनीका कर्मचारीका लागि निष्काशन गर्न लागेको हो ।

कम्पनीले मस्र्याङ्दी गाउँपालिका–३ ९साविक खुदी गाविसका वडा नं १, २, ३ र ६ मात्र० तथा मस्र्याङदी –६, ७ र ८ ९साविक बाहुनडाँडा गाविस र साविक भुलभुले गाविसका सम्पूर्ण वडा० का स्थानीय बासिन्दाका लागि पाँच लाख कित्ता शेयर निष्काशन गरेको हो ।

आइपिओमा एनएमबि बैंकको बेंसीशहर शाखा, सिभिल बैंकको भुलभुले शाखा तथा ग्लोबल आइएमई बैंकको बेँसीशहर, उदिपुर, दोर्दी, भोर्लेटार, सुन्दरबजार र भोटेओडार शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

कम्पनीका संस्थापक शेयरधनी संस्थाका कर्मचारीले कम्पनीको कार्यालय बुद्धनगरबाट आवेदन दिन सक्नेछन् ।कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइमएई क्यापिटल छ । यससँगै इच्छुक स्थानीय बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij