२०८३ साउन १६ शनिबार

प्रतिफलयुक्त मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ आजदेखि विक्री सुरू

ई आर्थिक    बुधबार, साउन २७ २०७८
14.4K
Shares
प्रतिफलयुक्त मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ आजदेखि विक्री सुरू

ई–आर्थिक, काठमाडौं । बहुप्रतिक्षित र प्रतिफलयुक्त मानुषी लघुवित्त वित्तीय संस्थाले आजदेखि सर्वसाधारणमा साधारण सेयर (आईपीओ) विक्री सुरू गरेको छ । सर्वसाधारणमा ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गरेको उक्त लघुवित्तले जानकारी दिएको छ ।

मानुषीले सर्बसाधारणलाई विक्री गर्न लागेको मध्ये ५ हजार ४६९ कित्ता कर्मचारीको लागि र १९ हजार ६८८ कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित राखेको छ भने बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सार्वजनिक निष्कासन गर्न लागेको हो ।

यसको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग आवेदन दिन सकिने छ ।

त्यस्तै यो आईपीओ छिटोमा साउन ३१ गते सम्म विक्रीमा रहनेछ । उक्त समय अवधिमा विक्री नभएमा भदौ ९ गते सम्म आवेदन दिन सकिने मानुषीले जनाएको छ । प्रतिफलयुक्त र बजारको माग भन्दा धेरै सानो संख्यामा निष्काशन भएकाले छिटोमा साउन ३१ गते नै विक्री बन्द हुने अनुमान लगाइएको छ ।

चुक्ता पूँजी रू. ७ करोड रहेको उक्त वित्तीय संस्थाको आईपीओ निष्कासन पश्चात पूँजी बृद्धि भएर १० करोड ९३ लाख ७५ हजार पुग्नेछ ।

आर्थिक वर्ष २०७६/७७ सम्ममा कम्पनीको वास्तविक नेटवर्थ रू. १३२ दशमलव ३७ रहेको छ । यस आधारमा कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता रू. १३२ दशमलव ३७ देखि रू. ३९८ दशमलव शून्य ७ सम्मको मूल्य रेञ्ज पाउने देखिन्छ ।

मानुषीको आईपीओ विक्री प्रबन्धकको जिम्मेवारी नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले पाएको छ । उक्त आइपीओ खरिदका लागि विक्री प्रबन्धक नेपाल एसबिआई सँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाख कार्यालयहरुबाट आवेदन दिन सकिनेछ ।

साथै मेरो शेयरको सफ्टवेयर र मेरो शेयर एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij