२०८३ साउन २१ बिहिबार

कुमारी बैंकले नक्साल भगवती चोकमा जडान गरिदियो ट्राफिक संकेत बत्ती

ई आर्थिक    आइतबार, साउन १७ २०७८
5.2K
Shares
कुमारी बैंकले नक्साल भगवती चोकमा जडान गरिदियो ट्राफिक संकेत बत्ती

ई–आर्थिक, काठमाडौं । कुमारी बैंकले काठमाडौं महानगरपालिका वडा नं १, नक्साल भगवती मन्दिर चोकमा जडान गर्न ट्राफिक संकेत बत्ती प्रहरी महाशाखालाई हस्तान्तरण गरेको छ । महानगरीय ट्राफिक प्रहरीको समन्वयमा उक्त ट्राफिक संकेत बत्ती हस्तान्तरण गरिएको हो ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त ट्राफिक संकेत बत्ती जडान गर्न सहयोग गरेको हो ।

उक्त ट्राफिक संकेत बत्तीको हस्तान्तरण पश्चात् बैंकका प्रमुख संचालन अधिकृत रामचन्द्र खनाल तथा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले संयुक्त रुपमा ट्राफिक संकेत बत्तीको सञ्चालन शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बैंकले ट्राफिक संकेत बत्ती जडानबाट यस क्षेत्रमा यातायात व्यवस्थापनमा सहज भई सवारी चाप घट्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij