ई–आर्थिक, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ६९४ कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसंगै नेपालमा कोरोनाका कुल सङ्क्रमित छ लाख आठ हजार ४७२ पुगेका छन् ।
नेपालमा हाल ६८ हजार ९५५ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो चौबीस घण्टामा तीन हजार ९९४ जना कोरोनामुक्त भएको पनि मन्त्रालयले जानकारी दिएको छ ।
हालसम्म नेपालमा कोरोना मुक्त हुनेको संख्या पाँच लाख ३१ हजार १०५ पुगेको मन्त्रालयको भनाई छ ।
त्यसैगरी पछिल्लो चौबीस घण्टामा कोरोनाका कारण ४६ जनाले ज्यान गुमाएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमणका कारण आठ हजार ४१२ ले ज्यान गुमाइसकेका छन् ।
नेपालमा हालसम्म ३२ लाख १४ हजार ७२५ जनाको आरटीपीसीआर परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ ।
काठमाडौँ उपत्यकामा भने ६५३ जना संक्रमित थपिएको मन्त्रालयले जानकारी दिएको छ । जसमा भक्तपुरमा ५८ जना, ललितपुरमा ११२ जना र काठमाडौँमा ४८३ जना संक्रमित रहेको मन्त्रालयको भनाई छ ।