२०८३ साउन २० बुधबार

सिटिजन्स बैंक र सिर्जना फाइनान्सको साधारणसभा एक साथ सम्पन्न, सिटिजन्सले सिर्जनालाई प्राप्ति गर्ने प्रस्ताव पारित

ई आर्थिक    बिहिबार, जेष्ठ २७ २०७८
5.3K
Shares
सिटिजन्स बैंक र सिर्जना फाइनान्सको साधारणसभा एक साथ सम्पन्न, सिटिजन्सले सिर्जनालाई प्राप्ति गर्ने प्रस्ताव पारित

ई–आर्थिक, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सिर्जना फाइनान्स लिमिटेडको साधारणसभा एक साथ सम्पन्न भएको छ । दुबैको आज सम्पन्न विषेश साधारण सभाले सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ ।

दुवै कम्पनीको विशेष साधारण सभाले स्वीकृति दिएसँगै अब सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई सिर्जना फाइनान्स लिमिटेड प्राप्ति गर्नका लागि बाटो खुलेको हो ।

यसै आर्थिक वर्षभित्र सिर्जना फाइनान्स लिमिटेडसँगको प्राप्ति प्रक्रिया पूरा गरी संयुक्त कारोबार प्रारम्भ गर्ने गरी तयारीहरु भइरहेको सिटिजन्स बैंकले जनाएको छ ।

सहमति अनुसार, सिर्जना फाइनान्स लिमिटेडका शेयरधनीले १०० कित्ता शेयर बराबर सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९५ कित्ता शेयर पाउनेछन् । सिटिजन्स बैंकको हालको चुक्ता पूँजी ११ अर्ब ६६ करोड रुपैयाँ रहेकोमा प्राप्ति पश्चात अब पूँजी १२ अर्ब ५८ करोड पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij