२०८३ साउन २० बुधबार

प्राइम बैंकका अध्यक्ष श्रेष्ठद्वारा पद तथा गोपनियताको सपथ ग्रहण

ई आर्थिक    बुधबार, जेष्ठ २६ २०७८
4.3K
Shares
प्राइम बैंकका अध्यक्ष श्रेष्ठद्वारा पद तथा गोपनियताको सपथ ग्रहण

ई–आर्थिक, काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडका अध्यक्ष राजेन्द्र दास श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण लिएका छन् । नेपाल राष्ट्र बैंकमा आयोजित एक समारोहमा गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनियताको सपथ लिएका हुन ।

बैंकको संचालक समितिको मिति २०७८/२/१४ गते बसेको ४२२ औें बैठकले संचालक समितिको सदस्यको पदावधि कायम रहेसम्म श्रेष्ठलाई नै संचालक समितिको अध्यक्षमा निरन्तरता दिने निर्णय भए बमोजिम श्रेष्ठले सपथ लिएका हुन ।

उक्त समारोहमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिना, डेपुटी गभर्नर बमबहादुर मिश्र, निर्देशकज्यूहरु एवं बैंकका प्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धरको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij