२०८३ साउन ११ सोमबार

देउवा, ‘प्रचण्ड’ र नेपाल विपक्षीबीच भेटवार्ता, छिल्लो राजनीतिक विषयमा छलफल

ई आर्थिक    सोमबार, जेष्ठ २४ २०७८
5K
Shares
देउवा, ‘प्रचण्ड’ र नेपाल विपक्षीबीच भेटवार्ता, छिल्लो राजनीतिक विषयमा छलफल

ई–आर्थिक, काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) बाट निष्कासित नेता माधवकुमार नेपालबीच पछिल्लो राजनीतिक विषयमा छलफल भएको छ ।

सभापति देउवा निवास बूढानिलकण्ठमा आज भएको भेटवार्तामा उहाँहरुबीच प्रदेश नं २ र सुदूरपश्चिम प्रदेश सरकार पुनःगठनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो । पछिल्लो समय विपक्षी दलहरुको गठबन्धनले केन्द्र र प्रदेशमा आफ्नो सरकार गठनका लागि विभिन्न गृहकार्य गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij