२०८३ साउन ९ शनिबार

निषेधाज्ञमा पनि हुण्डीको कारोवार, २२ लाख नगद सहित तीन पक्राउ

ई आर्थिक    बिहिबार, जेष्ठ ६ २०७८
9.7K
Shares
निषेधाज्ञमा पनि हुण्डीको कारोवार, २२ लाख नगद सहित तीन पक्राउ

ई–आर्थिक, काठमाडौं । हुण्डी कारोवार गरेका अभियोगमा मोरङ प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । २२ लाख नगद सहित तीन अभियुक्त पक्राउ परेका जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नं १३ निवासी २५ वर्षीय श्रवण साह नेपाली रु २१ लाख ७१ हजार ५०० र मोरङ रंगेली नगरपालिका वडा नं १ बबियाबिर्ता निवासी २५ वर्षीया जिज्ञासा चौधरी भारतीय रु २३ हजारसहित तथा विराटनगर– १३ निवासी २३ वर्षीय अमृतकुमार साह पक्राउ परेका हुन् ।

निजहरुलाई विभिन्न बैंकका चेक, रसिद र नगदसहित राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरी पठाइएको प्रहरी प्रवक्ता मानबहादुर राईले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij