२०८३ साउन ११ सोमबार

प्रधानमन्त्री ओली र मन्त्रीहरुले लिए सपथ, पुरानै मन्त्रीलाई निरन्तरता

ई आर्थिक    शुक्रबार, बैशाख ३१ २०७८
6K
Shares
प्रधानमन्त्री ओली र मन्त्रीहरुले लिए सपथ, पुरानै मन्त्रीलाई निरन्तरता

ई–आर्थिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ लिएका छन् । आज शुक्रबार शीतल निवासमा आयोजना गरिएको कार्यक्रमबीच राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई सपथ गराएकी हुन् । प्रधानमन्त्री ओलीको यो तेस्रो प्रधानमन्त्रित्व काल हो ।

राष्ट्रपतिबाट नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलका समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई बिहीबार साँझ ९ बजेभित्र नयाँ प्रधानमन्त्रीका लागि दावी पेश गर्न समय सीमा तोकिएको थियो । यही वैशाख २७ गते तीन दिनको समयसीमा तोकेर आह्वान गरिए पनि समयावधिमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत दल असफल भएका थिए ।

साथै सोही अबसरमा नवनियुक्त मन्त्रीहरूले पनि सपथ लिएका छन् । मन्त्रीहरुमा पुरानैलाई निरन्तरता दिएका छन् ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, संवैधानिक अंगका प्रमुखलगायत सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij