ई–आर्थिक, काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिवन्ध लम्बिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक हिराजन काफ्लेले एक सूचना जारी गर्दै प्रतिबन्ध १७ जेठसम्म लम्बिएको जनाएका छन् । यसको जानकारी सबै वायुसेवा कम्पनीलाई गराइसकिएको छ ।
यसबीचमा भारतसँग सातामा दुई उडान भने निरन्तर रहने सूचनामा उल्लेख छ ।
कोरोना भाइरसको महामारी नियन्त्रण गर्न सरकारले वैशाख मसान्तसम्म उडानमाथि प्रतिवन्ध लगाउने निर्णय गरेकोमा यसलाई लम्ब्याएर सरकारले १७ जेठमा पुर्याइएको हो । यसबीचमा एयरलाइन्सहरुले मेडिकल उडान, चार्टर्ड र कार्गो उडानको अनुमति भने पाउने भएको पनि सूचनामा उल्लेख छ ।