२०८३ साउन ९ शनिबार

हेलिकप्टर कम्पनीहरुले भाडा बढी नलिएको दाबी, कोभिड मापदण्डका कारण केही महंगो भएको स्पष्टोक्ति

ई आर्थिक    सोमबार, बैशाख २७ २०७८
10.8K
Shares
हेलिकप्टर कम्पनीहरुले भाडा बढी नलिएको दाबी, कोभिड  मापदण्डका कारण केही महंगो भएको स्पष्टोक्ति

ई–आर्थिक, काठमाडौं । विगत २–३ दिन देखि नेपालका हेलिकप्टर कम्पनीहरुले कोभिड उद्धार उडानका नाममा बढी पैसा लिएको भनि विभिन्न संचार माध्यमहरुमा आएका समाचारहरु प्रति वायुसेवा संचालक संघ, नेपालको ध्यानाकर्षण भएको जनाएको छ ।

एक विज्ञप्ती जारी गर्दै संघले संघका सदस्य वायुसेवा संचालकहरुद्वारा आफ्नो सामाजिक उत्तरदायित्व सम्झी यस्तो विषम परिस्थितिमा आफ्नो ज्यूज्यानको समेत परवाह नगरि आम जनताको जीवनरक्षामा वायुसेवा कम्पनीहरुका पाईलट, इन्जिनियर, ग्राउण्ड स्टाफ, लगायत अन्य कर्मचारी दिनरात खटी रहेको व्यहोरा जानकारी गराएको छ ।

यस विषम परिस्थितिमा आफ्नो दायित्वमा यस संघका वायुसेवा कम्पनीहरु अडिग रही कोभिड विरामी उद्धार उडानमा खटिएका उडानहरुको संघले अवलोकन एवं निगरानी गरि रहेको छ भने अर्को तर्फ निरिक्षण एवं नियन्त्रित गर्ने निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत सूक्ष्म निगरानी गरि रहेको र नेपाल नागरिक उड्डयन प्राधिकरणको नीति नियममा रहेर उडान गरि रहेको व्यहोरा सादर अनुरोध गरेको छ ।

संघद्वारा ३ वर्ष अगाडी नेपाल नागरिक उड्डयन प्राधिकरण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेश गरेको एएस ३५० हेलिकप्टरहरुको युएस डलर १५०० प्रति घण्टा एवं रोविन्सन्स हेलिकप्टरहरुको युएस डलर १००० प्रति घण्टा दरभाउमा हाल पनि उडान गर्दै आई रहेको आम जनमानसमा जानकारी गराउदै हाल सो दर भन्दा पनि कममा उडान गरिरहेका संघले जानकारी दिएको छ ।

उडानको हकमा नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रोटाकल एवं स्वास्थ्य मन्त्रालयवाट जारी मापदण्ड अनुसार उडान गर्नु पर्ने हुँदा सम्पुर्ण उडानमा खटिने पाइलट लगायत कर्मचारीहरुका लागि पिपिई सेट, प्यारामेडिकल टोली, सेमी भेन्लिटर मसिन, थप विमा, प्रत्येक उडान पश्चात हेलिकप्टरको सेनिटाइजेशन, किटाणुशोधन (डिसइन्फेक्सन) लगायत अन्य सामग्री समेत प्रयोग हुने साथै मेडिकल टोलीको प्रयोग गनै पर्ने हुँदा अन्य उडानमा भन्दा उडान समय समेत वढी लाग्ने र कोभिड उद्धार उडान गर्दा प्रति उडानमा एक लाख
पचास हजार भन्दा थप वढी खर्च आउने संघले स्पष्ट पारेको छ ।

वायुसेवाहरुले नेपाल नागरिक उड्डयन प्राधिकरणको नियन्त्रण एवं निगरानी र यस संघको समेत निगरानीमा रही उडान गरि रहेको र चर्को मुल्य लिएको भनि अर्नगल प्रचार गरेको समाचारको पछाडी नलाग्न एवं विरामीका आफन्तहरुले विचौलियाहरुलाई सम्पर्क नगरी सम्वन्धित उद्धार उडान कम्पनी मा सिधै सम्पर्क
गरि उद्धार उडान गर्न समेत अनुरोध गरेको छ ।

कोभिड विरामी उद्धार उडानमा निम्नलिखित कम्पनीहरु मात्र संलग्न भएकोले सही जानकारी एवं वास्तविक दरभाउका सम्वन्धमा सिधै कम्पनीका प्रतिनिधिहरुलाई सम्पर्क गर्न समेत अनुरोध गर्दै कंही कतै वढी रकम लिएको र गलत गरेको लागेमा यस संघ र नेपाल नागरिक उड्डयन प्राधिकरणमा सिधै सम्पर्क गरी गुनासो एवं जानकारी गराई दिन समेत सवैमा अनुरोध गरेको छ । विगत केही दिन देखि आएका अर्नगत समाचारले यस्तो विषम समयमा जनतामा पर्न गएको असुविधा एवं पिडा प्रति क्षमा याचना गर्दै वायुसेवा संचालक संघ, नेपाल जनता प्रतिको दायित्ववाट विचलित नभई उद्धार उडानमा संलग्न भई रहने वाचाका साथ सचेत एवं सुरक्षित रहन सवैआम नागरिकमा अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij