ई–आर्थिक, काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ह्वात्तै बढेको छ । मुलुकभर ९ हजार २७१ जना थपिदा १३९ जनाको मृत्यु भएको छ । पछिल्लो सयम कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने यो सबैभन्दा बढी संख्या हो ।
२४ घण्टामा १७ हजार ६२३ पीसीआर तथा ७८८ एन्टिजेन परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
हाल देशभर ९३ हजार १४१ जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घण्टामा ४ हजार ७ जना डिस्चार्ज भएका छन् मन्त्रालयको भनाई छ ।