ई–आर्थिक, काठमाडौं । स्पेसएक्स स्टारशिप यानको एउटा प्रोटोटाइपको उडान र अवतरण सफलतापूर्क सम्पन्न भएको छ । परीक्षणका लागि प्रक्षेपित प्रोटोटाइपलाई नियन्त्रित रूपमा टेक्ससमा सकुशल अवतरण गराइएको छ । यसअघिका चारवटा प्रयासहरूमा विघ्न उत्पन्न भएको थियो ।
अमेरिकी अन्तरिक्ष निकाय नासाले चन्द्रमामा आफ्ना अन्तरिक्षयात्री पठाउने योजनाका लागि स्पेसएक्स स्टारशिप प्रयोग गर्न लागेको छ ।