२०८३ साउन ११ सोमबार

सरकारले चीनबाट पहिलो चरणमा चार सय खाली सिलिन्डर ल्याइँदै

ई आर्थिक    शनिबार, बैशाख २५ २०७८
6.9K
Shares
सरकारले चीनबाट पहिलो चरणमा चार सय खाली सिलिन्डर ल्याइँदै

ई–आर्थिक, काठमाडौं । सरकारले चीनबाट पहिलो चरणमा चार सय खाली अक्सिजनका सिलिन्डर ल्याउने भएको छ । उपप्रधानमन्त्री तथा कोभिड–१९ सङ्क्रमण व्यवस्था केन्द्रका संयोजक ईश्वर पोखरेलका अध्यक्षतामा शुकबार बसेको बैठकले २० हजार खाली सिलिन्डरमध्ये पहिलो चरणमा चार सय खाली सिलिन्डर ल्याउन थालेको उहाँका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिनुभयो ।

सिलिन्डर ल्याउनका लागि यही वैशाख २७ गते नेपाल वायु सेवा निगमको वाइडबडी विमान चीन जाने भएको हो । बीस हजारमध्ये दुई हजार जहाजबाट र १८ हजार सडकमार्ग हुँदै नेपाल ल्याइने छ । नेपाल सरकारका अनुरोधमा चीन सरकारले निःशुल्क ती सिलिन्डर ल्याउन थालेको हो । नेपालमा अहिले अक्सिजन सिलिन्डर छ हजार २८८ रहेको र दैनिक एक हजार ४११।५ लिटर खपत भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij