ई–आर्थिक, काठमाडौं । एनआईबिएल समृद्धि फण्ड–२ योजनामा मागभन्दा बढी आवेदन परेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेकोे एनआईबिएल एस क्यापिटल योजना ब्यवस्थापक तथा डिपोजिटरी रहने गरी एनआईबिएल म्युचुअल फण्ड अन्तर्गतको उक्त योजनाको मागभन्दा बढी आवेदन परेको कम्पनीले जानकारी दिएको छ ।
रु. १०/- अङ्कित दरको १२,००,००,००० (बाह्र करोड) इकाईहरु यही बैशाख १३ गतेदेखि १६ गतेसम्म सार्वजानिक रुपमा विक्री आह्वान गरिएको थियो । उक्त विक्री आव्हानमा आवश्यकता भन्दा अधिक इकाईहरुको लागि आवेदन प्राप्त भएको थियो ।
सर्वसाधारण आवेदकहरुबाट (बीज पूँजी बाहेक) कुल ६७,०७६ आवेदन फाराममार्फत जम्मा १५,६३,०३,९९० इकाईको लागि आवेदन प्राप्त भएको थियो । त्यसमा ६४,५१४ आवेदन फाराममार्फत जम्मा १४,५२,९५,४०० इकाईका लागि रितपूवक आवेदन प्राप्त भएकोे कम्पनीको भनाई छ । त्यस्तै कुल २,५६२ आवेदन फाराम मार्फत जम्मा १,१०,०८,५९०, इकाईको लागि रितपूर्वक आवेदन प्राप्त नभएकोले रद्ध गरिएको र रितपूवक आवेदन प्राप्त भएकोे मध्येबाट कुल ३३ आवेदनमार्फत जम्मा १६,६३० इकाईको लागि प्राप्त आवेदन दोहोरो परेकोले अयोग्य ठहरिएको कम्पनीले जानकारी दिएको छ ।
उक्त योजनाको कुल आकार रु. १,५०,००,००,०००/- को जम्मा २० प्रतिशत बीज पूँजीको रुपमा लगानी गर्नु पर्ने रकम रु. ३०,००,००,०००/- रकम मध्ये रु. २९,००,००,०००/- रकम बराबरको २,९०,००,००० इकाई कोष प्रबद्र्धक नेपाल इनभेष्टमेण्ट बैंक लिमिटेड, रु. १,००,००,०००/- रकम बराबरको १०,००,००० इकाई योजना ब्यबस्थापक एनआईबिएल एस क्यापिटल लिमिटेड तथा सर्वसाधारणहरुलाई बाँडफाँट गर्नु पर्ने जम्मा १२,००,००,००० इकाईहरु ६४,४८१ जना सर्वसाधारणहरुलाई गरी कुल ६४,४८३ जना आवेदकहरुलाई जम्मा १५,००,००,००० (पन्ध्र करोड) इकाई संलग्न भएको कम्पनीले जनाएको छ ।