२०८३ साउन ११ सोमबार

कोरोनाका कारण न्याय परिषद्का सदस्य तथा बरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको निधन

ई आर्थिक    मंगलबार, बैशाख २१ २०७८
5.6K
Shares
कोरोनाका कारण न्याय परिषद्का सदस्य तथा बरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको निधन

ई–आर्थिक, काठमाडौं । न्याय परिषद्का सदस्य एवं वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको निधन भएको छ । पूर्वमहान्यायाधविक्तासमेत रहिसक्नुभएका खड्काको कोरोना भाइरस संक्रमणका कारण ७७ वर्षको उमेरमा निधन भएको हो ।

कोभिड–१९ को सङ्क्रमण भएपछि सशस्त्र प्रहरी अस्पताल, बलम्बुमा उपचारका लागि यही वैशाख १० गते भर्ना गरिएको थियो । कोरोना सङ्क्रमणकै कारण उहाँको निधन भएको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।

जनकपुरमा जन्म भई काठमाडौँको गौरीघाट निवासी खड्काको कानून र न्यायका क्षेत्रमा ठूलो योगदान रहेको छ । सोही योगदानकै कारण कानून व्यवसायीका तर्फबाट उहाँ २०७६ पुसमा न्याय परिषद् भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij