२०८३ साउन ११ सोमबार

नेपालमा २३ मा पूर्ण र आठमा आंशिक निषेधाज्ञ, निषेधाज्ञा भएका जिल्लाको सूचि सहित

ई आर्थिक    आइतबार, बैशाख १९ २०७८
5.6K
Shares
नेपालमा २३ मा पूर्ण र आठमा आंशिक निषेधाज्ञ, निषेधाज्ञा भएका जिल्लाको सूचि सहित

ई–आर्थिक, काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमण फैलन सक्ने जिल्लाहरुमा धमाधम निषेधाज्ञ हुन थालेका छ । यसै क्रममा ३१ वटा विभिन्न जिल्लामा निषेधाज्ञ घोषणा भएको छ ।

गृहमन्त्रालय आज कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि निषेध आदेश जारी भएको जिल्लाहरुको विवरण सार्वजनिक गर्दै २३ जिल्लामा पूर्ण र आठ जिल्लामा आंशिक निषेधाज्ञा गरिएको जानकारी दिएको छ ।

पूर्ण निषेधाज्ञ भएका जिल्लामा बाँके सुर्खेत, काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, सल्यान, सुनसरी, जाजरकोट, रुकुम पश्चिम, डडेल्धुरा, झापा, गुल्मी, प्यूठान, उदयपुर र बझाङ रहेका छन् ।

त्यसैगरी बागलुङ नगरपालिकाका १२, १३ र १४ साविक अमलाचौर, पैययुपाटा र नारायणस्थान गाविसमा निषेधाज्ञा गरिएको छ । बर्दियाका गुलरिया नगरपालिका ५ र ६ को सम्पूर्ण क्षेत्रमा निषेज्ञााधा गरिएको छ भने बाँसगढी नगरपालिकाको बाँसगढी बजार, बारबर्दिया नगरपालिको जयनगर र कतर्निया बजार, मधुवनको लाली बजार, ओराली बजार, राजपुरको राजापुर र मानपुर टपरा बजार, बढैयाताल गाउँपालिकाको भोलागौडी, मैनापोखरी र शीतला बजारका साथै गेरुवा गाउँपालिकाको शान्तिबजार र पशुपतिनगर बजार क्षेत्रमा निषेधाज्ञा गरिएको छ ।

यसैगरी दार्चुलामा वैशाख १६ गतेदेखि मार्मा गाउपालिका र व्यास गाउपालिका–६ शैल्यशिखर नगरपालिकाका केही क्षेत्रमा निषेधाज्ञा गरिएको जारी विवारणमा उल्लेख छ । साथै वैशाख १९ गते अर्थात् आज बिहान ६ बजेदेखि लागू हुने गरी महाकारी नगरपालिमामा वैशाख २५ गते बेलुका ६ बजेसम्मका लागि निषेधाज्ञा गरिएको छ ।

यसैगरी मोरङ, काभ्रेपलाञ्चोक र मकवानपुरका केही क्षेत्रमा निषेधाज्ञा गरिएको छ भने बाजुराको हिमाली गाउँपालिका क्षेत्रभित्र निषेधाज्ञा लगाइएको गृह मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij