२०८३ साउन ११ सोमबार

बैशाख १६ गतेदेखि उपत्यकामा के हुँदैछ ? लकडाउन, निषेधाज्ञ या कडाई मात्रै ? सर्वसाधारण निर्णयको पर्खाईमा, जिम्मा मन्त्रिपरिषद्लाई  

ई आर्थिक    सोमबार, बैशाख १३ २०७८
7.2K
Shares
बैशाख १६ गतेदेखि उपत्यकामा के हुँदैछ ? लकडाउन, निषेधाज्ञ या कडाई मात्रै ? सर्वसाधारण निर्णयको पर्खाईमा, जिम्मा मन्त्रिपरिषद्लाई  

रेष्टुरेन्टबाट टेक वे सेवामात्रै, सार्वजानिक र निजी यातायातका सवारी पूर्ण रुपमा बन्द

ई–आर्थिक, काठमाडौं । कोरोना संक्रमणको बृद्धि र त्राससँगै सरकारले काठमाडौं उपत्यकामा आगामी बैशाख १६ गतेदेखि नयाँ कदम चाल्ने भएको छ । उपत्यकाका तिनै प्रशासन कार्यालयहरुले तत्कालै कडाईका कदम चाल्न सिफरिस गरेको छ । यससम्बन्धि निर्णय गर्ने सम्पूर्ण जिम्मा मन्त्रीपरिषद्लाई दिइएको छ ।

सरकारी स्रोतका अनुसार यसबीचमा लकडाउन गरिने संभावना रहको छ । यसको औपचारिक निर्णय मन्त्रिपरिषदले गर्नेछ । यसका लागि प्रस्तावको ड्राफ्ट तयार भइसकेको समाचार स्रोतले जानकारी दिएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुर तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सो कडाईको सिफारिस गरेको हो । संभवतः आज बेलुकी बस्ने मन्त्रिपरिषद बैठकले यस विषयमा औपचारिक निर्णय गर्नेछ ।

सुरुमा १ हप्ताको लागि लकडाउन गर्ने तयारी गरिएको र यसलाई आवश्यकताअनुसार विस्तारै लम्व्याइने भएको छ ।

विभिन्न हल्लाका बीच सर्वसाधारण भने सरकारको आधिकारिक धारणाको ब्यग्र प्रतिक्षामा रहेका छन् ।

काठमाडौं उपत्यकामा सार्वजनिक र निजी यातायातका साधन बन्द गर्ने निर्णय गरेको छ । उपत्यकाका तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सार्वजनिक र निजी यातायात बन्द गर्ने निर्णय गरेको समाचार स्रोतले जानकारी दिए ।

यो निर्णय वैशाख १६ गते मध्यरातदेखि लागू हुनेछ । कोरोनाभाइरसको संक्रमण बढेसँगै उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सो निर्णय गरेको हो ।
रेस्टुरेन्टबाट दिइने सेवा टेक अवेमा मात्रै दिन पाइने निर्णय गरेको छ।  यस्तै ग्रोसरीहरु खोल्न दिइएपनि बजार तथा पसल बन्द गर्ने निर्णय भएको छ । अत्यावश्यक सेवाहरु भने निर्वाध रुपमा सञ्चालनमा आउनेछन् ।
सार्वजानिक तथा निजी यातायातका साधान निर्वाधरुपमा चल्ने निर्णय गरिएको समाचार स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij