२०८३ साउन ९ शनिबार

सयौं कार्यकर्ता जम्मा गराएर नेपाल खेलकुद महासंघको भेला, सरकार आफ्नै दलको भातृसंगठनले नियम उल्लंघन गरे, कारवाही हुन्न ?

ई आर्थिक    बुधबार, बैशाख ८ २०७८
4.9K
Shares
सयौं कार्यकर्ता जम्मा गराएर नेपाल खेलकुद महासंघको भेला, सरकार आफ्नै दलको भातृसंगठनले नियम उल्लंघन गरे, कारवाही हुन्न ?

ई–आर्थिक, काठमाडौं : सरकारको नेतृत्व गरेकै दल एमालेको भातृसंगठनद्वारा सरकारको आदेश उल्लंघन गरेको छ । सयौं कार्यकर्ता भेला गरेर उक्त दलको भातृसंस्था नेपाल खेलकुद महासंघले कार्यक्रम गरेको हो । सरकारले काठमाडौं उपत्यकासहित देशका विभिन्‍न भीडभाड हुने क्षेत्र बन्द गर्न निर्देशन जारी गरेकै भोलिपल्ट राष्ट्रिय सभागृहमा कार्यकर्ता ठूलो भेला गरेको छ ।

कोरोना भाइरसको जोखिम बढेपछि सरकारले सोमबार वैशाख महिनाभरिका लागि सभा सम्मेलन, शैक्षिक संस्था र अन्य भीडभाड हुने गतिविधि रोक लगाएको थियो । सरकारको निर्देशन पछि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस र प्रतिपक्षी दलका भातृ संगठनहरु र अन्य संघ संस्थासमेतले धमाधम कार्यक्रम स्थगित गरिरहेका छन् ।

सार्वजनिक स्थानमा २५ जना भन्दा बढी भेला हुन नपाइने भन्दै सरकारले काठमाडौंमा विवाह र भोजमा समेत सोही मापदण्ड लागू गर्न सूचना निकालेको थियो । सरकारमा सहभागी एमालेकै भातृ संगठनले त्यसको बेवास्ता गर्दै सयौंका संख्यामा कार्यकता भेला गरेको थियो ।

प्रधानमन्त्री समेत सहभागी हुने भनेर कार्यक्रमस्थल वरीपरी बोर्डहरु राखिएको थियो । तर अन्तिम समयमा प्रधानमन्त्री भने उपस्थित भएनन् । भेलामा स्वास्थ्य सुरक्षाका मापदण्ड पालनाको बेवास्ता गरेर गरिएको उक्त कार्यक्रमप्रति स्थानीय प्रशासन मुकदर्शक बनेको थियो ।

सरकारले जारी गरेको निर्देशन पालना नगर्नेलाई कारवाही गर्ने समेत भनिएको छ । तर सरकारले चेतावनी समेत दिएको छैन् । आम सर्वसाधारणले प्रश्न गर्नेछन् ‘सरकार आफ्नै दलको कार्यकर्ताहरुले निर्देशन उल्लंघन गरे कारवाही हुन्न ?

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij