२०८३ साउन ९ शनिबार

सांसदबाट पदमुक्त भएका चार जना मन्त्रीको पद के हुन्छ ?

ई आर्थिक    शुक्रबार, चैत्र २७ २०७७
7K
Shares
सांसदबाट पदमुक्त भएका चार जना मन्त्रीको पद के हुन्छ ?

ई–आर्थिक, काठमाडौं । नेकपा माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका चार जना मन्त्रीको सांसद पद गुमेको छ । बिहीबार सभामुख अग्निप्रसाद सापकोटाले माओवादी केन्द्र परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका चार सांसद पदमुक्त भएको घोषणा गरेका थिए ।

माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहालले सोमबार संसद सचिवालयलाई पत्र पठाएर एमाले प्रवेश गरेका अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली–४ का लेखराज भट्ट, रौतहट–३ का प्रभु साह र कैलाली–३ का गौरीशंकर चौधरीले पार्टी परित्याग गरेको जानकारी दिएका थिए । राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल परित्याग गरेका सांसद पदमुक्त हुन्छन् । दल परित्याग गरेका चारैजना सांसद मन्त्री छन् । सांसदकै हैसियतमा उनीहरुले सम्हालिरहेको मन्त्री पद के हुन्छ त्यो भने अन्यौलमा परेको छ ।

संविधानविद् तथा कानुनविद्हरूले भने प्रतिनिधिसभा सदस्य नहुनेवित्तिकै मन्त्री पद रिक्त हुने तर्क गरको छन् । उनीहरुलाई पदमा कायमै राख्ने हो भने पुनः नियुक्ति गर्नुपर्ने उनीहरूको तर्क छ । यद्यपी उनीहरूको मन्त्री पदलाई सुरक्षित गर्ने रणनीतिमा सरकारको नेतृत्व गरिरहेको दल एमाले लागेको समाचार स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij