ई–आर्थिक, काठमाडौं । समयमै कर तिर्न सरकारले ताकेता गरेको छ । सरकारले चालू आर्थिक वर्ष २०७७/७८ को आयकरको दोस्रो किस्ता समयमै तिर्न करदातासँग ताकेता गरेको हो । आन्तरिक राजस्व विभागले सूचना जारी गर्दै दोस्रो किस्ता कर समयमै सम्बन्धित सरोकारवालका नाममा सूचना जारी गरेको छ ।
आन्तरिक राजस्व विभागले सूचना जारी गर्दै चालू आवको आयकरको दोस्रो किस्ता बापत अनुमानित करको ७० प्रतिशत रकम मध्ये तिर्न बाँकी रकम तिर्न आग्रह गरेको हो ।
चालू आर्थिक वर्षको आयकरको दोस्रो किस्ता बापतको कर रकम चैत मसान्तसम्म तिर्न पनि विभाले भनेको छ । विभागले यसअघि पेस गरिएको अनुमानित आय विवरण संशोधन गर्नुपर्ने भएमा सो समेत चैत मसान्त भित्र गरिसक्न सूचना मार्फत आग्रह गरेको हो ।
आफूले तिर्नु पर्ने कर समयमा नबुझाएमा कानुन अनुसार शूल्क, जरिवाना तथा ब्याज लाग्ने पनि विभागले चेतावनीपूर्ण सूचना प्रकाशित गरेको छ ।