२०८३ साउन ९ शनिबार

एक सातामै निक्षेप रू. १० अर्ब थपियो, कर्जा २८ अर्बले वृद्धि

ई आर्थिक    मंगलबार, चैत्र १७ २०७७
14.1K
Shares
एक सातामै निक्षेप रू. १० अर्ब थपियो, कर्जा २८ अर्बले वृद्धि

काठमाडौं । वाणिज्य बैंकहरूको गर्ने कर्जा प्रवाह १ सातामै थप रू. २८ अर्बले वृद्धि भएको छ । सञ्चालननमा रहेका २७ ओटा वाणिज्य बैंकको कर्जा प्रवाह बढेर चैतको दोस्रो सातासम्म कूल रू ३४ खर्ब ६२ अर्ब पुगेको छ । लामो समयको बन्दाबन्दीपछि अर्थतन्त्र चलायमान बनेसँगै कर्जा प्रवाहमा पनि सुधार हुन थालेको हो ।

वाणिज्य बैंकहरूको निक्षेपमा भने चैत दोस्रो सातासम्म रू. १० अर्बले वृद्धि भएको छ । कुल रू. ३८ खर्ब ५० अर्बको निक्षेप संकलन भएको नेपाल बैंकर्स संघले बताएको छ ।

लगानीयोग्य पूँजीका लागि बैंकहरूले कर्जापूँजी र निक्षेप अनुपात (सीसीडी) ८५ प्रतिशत हुनुपर्छ । अहिले औसत ७७ दशमलव ७२ प्रतिशत सीसीडी रहेको छ । सीसीडीको यो अवस्थाले बैंकहरूसँग लगानी गर्न सक्ने पूँजी रहेको देखाउँछ । त्यसैले निक्षेप संकलन बढाउन अहिले उनीहरूलाई दबाब देखिँदैन ।

माघको पहिलो साता ऋणात्मक भएको कर्जा र निक्षेपको वृद्धि २ महीनाको अन्तरमा अर्थात चैत पहिलो साता र दोस्रो सातामा आइपुग्दा सन्तोषजनक वृद्धि भएको बैंकरहरू बताउँछन् । नेपाल बैंकर्स संघका अनुसार चैतको पहिलो सातासम्म वाणिज्य बैंकहरूको व्यवसाय अर्थात् कर्जा प्रवाह हप्तामै २३ अर्बले थपिएर कुल कर्जा रू. ३४ खर्ब ३५ अर्ब पुगेको थियो । त्यस अवधिमा निक्षेप संकलन १४ अर्ब रुपैयाँले थप वृद्धि हुँदा कुल निक्षेप ३८ अर्ब ४० अर्ब रुपैयाँ संकलन भएको थियो ।

गत फागुनको दोस्रो साता पनि निक्षेप संकलन थप १० अर्बले वृद्धि हुँदा कर्जा प्रवाह भने २७ अर्बले वृद्धि भएको थियो । यस अवधिमा कुल कर्जा प्रवाह ३३ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको थियो ।

फागुन पहिलो साता निक्षेप संकलन १३ अर्ब रुपैयाँले वृद्धि भई कुल ३७ खर्ब ९९ अर्ब पुगेको थियो भने समग्रमा वाणिज्य बैंकको व्यवसायमा सुधार भएर रू. १८ अर्बको थप कर्जा प्रवाह भएको थियो । उक्त थप कर्जा प्रवाह भएसँगै फागुन पहिलो सातासम्म कुल रू. ३३ खर्ब ३५ अर्ब कर्जा प्रवाहमा रहेको थियो ।

माघको पहिलो साता संकुचन आए पनि त्यसपछिका प्रत्येक साता कर्जा प्रवाह वृद्धि हुँदै गएको थियो । माघ दोस्रो साता ११ अर्बले वृद्धि हुँदा कुल कर्जा प्रवाह ३२ खर्ब ४७ अर्ब र तेस्रो साता २१ अर्बले वृद्धि भई कुल कर्जा प्रवाह ३२ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको समाचार आजको आर्थिक अभियानले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij