२०८३ साउन ९ शनिबार

लहानको मालपोतमा विस्फोट गराउने एक जना पक्राउ, पक्राउ पर्ने जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) का कार्यकर्ता

ई आर्थिक    मंगलबार, चैत्र ३ २०७७
5.9K
Shares
लहानको मालपोतमा विस्फोट गराउने एक जना पक्राउ, पक्राउ पर्ने जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) का कार्यकर्ता

ई–आर्थिक, काठमाडौं । सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएको बम विस्फोटमा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरीको टोली एक जनालाई पक्राउ गरेको छ ।

८ जना घाइते हुने गरी गरिएको उक्त घटनामा पक्राउ पर्नेमा लहान नगरपालिका–१८ भदैयाका २८ वर्षीय बलराम मण्डल रहेका छन् । मालपोत कार्यालयमा जडान गरिएको सीसीटीभी क्यामेराको आधारमा मण्डलकै संलग्नता रहेको गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरी बेस क्याम्प सुखीपुरबाट खटिएको टोलीले सुखीपुर नगरपालिका–२ विद्यानगरबाट मण्डललाई पक्राउ गरिएको हो ।

मण्डललाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाइएको सिरहाका सशस्त्र प्रहरी उपरीक्षक दीपेन्द्र गिरीले जानकारी दिए ।  मण्डल जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) का कार्यकर्ता रहेको प्रहरीले जनाएको छ ।

आइतबार दिउँसो १ बजे भएको शक्तिशाली बम विस्फोटमा परी मालपोत कार्यालयका कर्मचारी नायब सुब्बा शिवकुमार यादवसहित आठ जना घाइते भएका थिए । सो घटनाको जिम्मेवारी जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) जयकृष्ण गोइत समूहले लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij