ई–आर्थिक, काठमाडौं । झापामा रहेको प्रस्तावित बीएन्डसी मेडिकल कलेजलाई प्रक्रिया मिचेर सम्बन्धन दिन लागेको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएको छ । शिक्षामन्त्रीको ठाडो निर्देशनमा बीएन्डसीलाई सम्बन्धन दिन लागेको भन्दै कांग्रेस शिक्षा विभागले गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तीमार्फत जनाएको हो ।
काम चलाउ सरकारका शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले प्रक्रिया मिचेर विश्वविद्यालयको स्वयतत्तामाथि हस्तक्षेप गर्दै राजनीतिक दबाब सिर्जना गर्न खोजेको कांग्रेसको भनाई छ ।
उक्त कलेजलाई सम्बन्धन दिने बारेमा प्रधानमन्त्री के.पी. शर्मा ओलीले पनि वचन दिएको दिए ।

कांग्रेसले राजनीतिक दबाब सिर्जना नगर्न भन्दै यस्ता कार्य गरे परिणाम दुःखद् हुने पनि चेतावनी दिएको छ । नेकपा सरकार आफैंले बनाएको ऐन, नियम तथा विभिन्न समयमा गरेका सम्झौता विपरीत बारम्बार यस्ता हस्तक्षेपका कार्य गर्नु खेदजनक र आपत्तिको कुरा भएको कांग्रेस शिक्षा विभाग कांग्रेस शिक्षा विभागले जनाएको छ । प्रक्रिया मिचेर सम्बन्धन दिए परिणाम दुखद् हुने पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।