ई–आर्थिक, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नविन्द्रराज जोशीलाई आज विहान मस्तिष्कघात भएको छ । अचानक स्वास्थ्यमा समस्या आएपछि जोशीलाई सुरूमा वीर अस्पताल लगिएको थियो । त्यसपछि बिहान थप उपचारका लागि नर्भिक अस्पताल लगिएको हो ।
पूर्वमन्त्री जोशीको नर्भिकमा उपचार भइरहेको जनाइएको छ । उनको मस्तिष्कमा रगत जमेको छ । पारिवारिक स्रोतका अनुसार उनको शल्यक्रियाको तयारी भइरहेको छ ।