ई–आर्थिक, काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंकले सिराहाको लहानमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकको यो ८७औं शाखा हो । उक्त शाखाको उद्घाटन लहान नगरपालिकाका मेयर मुनी शाह र बैंकका २ नं. प्रदेश प्रमुख शुशिल श्रेष्ठले उद्घाटन गरे । यो शाखाले हाम्रा ग्राहकहरूलाई वित्तीय पहुँच पु¥याउने र वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यसहित स्थानीय मागलाई पूरा गर्ने गरी पूर्ण बैंकिङ सेवा प्रदान गर्ने जानकारी बैंकले दिएको छ ।

नेपाल इन्भेस्टमेन्ट बैंकले ८७ शाखा, १२८ एटीएमहरू, २० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टरहरूबाट आफ्ना ग्राहकहरूलाई सेवा पु¥याइरहेको छ ।
पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकाशन युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ युरोनोमी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ । यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।