२०८३ साउन ९ शनिबार

नेपाल इन्भेष्टमेन्ट बैंकले ऋणपत्र निष्काशन गर्ने, सेबोनमा दियो निवेदन

ई आर्थिक    बिहिबार, असोज ८ २०७७
6.9K
Shares
नेपाल इन्भेष्टमेन्ट बैंकले ऋणपत्र निष्काशन गर्ने, सेबोनमा दियो निवेदन

ई–आर्थिक, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले ऋणपत्र बिक्री गर्ने भएको छ । ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न बैंकले धितोपत्र बोर्डमा आवेदन दिएको छ । बैंकले सात वर्ष अवधिको नेपाल इन्भेष्टमेन्ट बैंक डिबेन्चर २०८४’ नाममा उक्त ऋणपत्र जारी गर्न लागेको हो ।

बैंकले प्रतिइकाई एक हजार रुपैयाँ दरमा ४० लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो । जसमध्ये १६ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी २४ लाख इकाई संघसंस्थालाई बिक्री गरिने भएको छ ।

यस ऋणपत्रमा वार्षिक ८ दशमव ५ प्रतिशत ब्याजदर पाइनेछ । बैंकको ऋणपत्र निष्काशन बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ रहेको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij