२०८३ साउन ९ शनिबार

काठमाडौं जिल्ला अदालत भित्रै जात्रा, इजलासभित्रै अधिकृत र फाँटवालाबीच मुक्कामुक्की

ई आर्थिक    मंगलबार, फाल्गुन ४ २०७७
16.8K
Shares
काठमाडौं जिल्ला अदालत भित्रै जात्रा, इजलासभित्रै अधिकृत र फाँटवालाबीच मुक्कामुक्की

ई–आर्थिक, काठमाडौं । काठमाडौँ जिल्ला अदालत भित्र ठूलो जात्रा भएको छ । इजलास अधिकृत र फाँटका कर्मचारीबीच झगडा गरेर जात्रा देखाएका हुन । न्यायाधीशकै सामुन्ने भएका मुक्का हानाहान समेत भएको छ । उक्त मुक्का हानाहानबाट इजलास अधिकृत गोकर्ण शर्मा घाइते भएका छन् । अदालतका नायब सुब्बा नेत्रप्रसाद बास्तोला र शर्माबीच हात हालाहाल भएपछि उनी घाइते भएका हुन ।

यसअघि भइसकेको आदेशको व्यहोरालाई लिएर शर्मा र बास्तोलाबीच हात हालाहाल भएको अदालत स्रोतले जानकारी दिएको छ । यसअघि भनाभन भएपनि इजलासमै मुक्का हानाहान भएको यो पहिलो घटना भएको त्यहाँका कर्मचारी बताउँछन् ।

घटनाको विषयमा अनुसन्धान भइरहेको काठमाडौं जिल्ला अदालतले जानकारी दिएको छ ।

यो विषयमा दुबैले आ–आफ्नै दाबी पेश गरिरहेका छन् । दुबैले पहिले अर्कैले आक्रमण गरेका भनेका छन् । सुब्बा बास्तोलाको हकमा इजलासले घटना विवरण माग गरिएको छ । उनले पनि छानबिन गरिपाउँ भनेर निवेदन दिएका छन् ।

घटनामा को दोषि भन्ने एकिन हुन सकेकोे छैन् तथापी अदालतले दोषीलाई कारवाही हुने आश्वसन दिइसकेको छ ।

१४ नम्बर इजलासमा न्यायाधीश प्रकाशचन्द्र अधिकारीको सामुन्ने उक्त घटना भएको थियो । सोमबार इजलास प्रारम्भ भएर न्यायाधीश अधिकारी मिसिल अध्ययनकै सिलसिलामा रहेको अवस्थामा दुईबीच झगडा भएको हो । झगडाले केही समय अन्य इजलास समेत प्रभावित भएको थियो ।

दुईबीच यसअघि भएको आदेश कुन ब्यहोरामा सही गराउने भन्ने प्रारम्भिक रुपमा विवाद देखिएको बुझिएको छ । मालपोतलाई भएको उक्त आदेशमा इजलास अधिकृत शर्माले सुरुमा कार्यालयलाई पत्र काट्नुपर्ने अडान राखेका थिए । नायब सुब्बा बास्तोलाले सिधै कार्यालय प्रमुखलाई बोलाउने गरी पत्र काट्नुपर्ने अडान राखेका थिए । सोही विषयलाई लिएर दुईबीच हात हालाहालको अवस्था सिर्जना भएको हो । घाइते शर्माको ट्रमा सेन्टरमा उपचार भइ रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij